नेपाल प्रहरीमा प्राविधिक तर्फ असईदेखि डीएसपीसम्म २२१ जनाका लागि भर्ना खुल्यो (सूचनासहित) – Nepal Press

नेपाल प्रहरीमा प्राविधिक तर्फ असईदेखि डीएसपीसम्म २२१ जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ २ सय २१ जनाका लागि भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) सम्मका लागि दरखास्त माग गरिएको हो ।

प्राविधकि समूह, स्वास्थ्य उपसमूह तर्फ नेपाल प्रहरी अस्पताल अन्तरगतका पद, इन्जिनियरिङ उपसमूहतर्फ सञ्चार निर्देशनालय अन्तरगर्तका पद, इन्जिनियरिङ उपसमूहतर्फ सूचना प्रविधि निर्देशनालय अन्तरगतका पद, इन्जिनियरिङ उपसमूहतर्फ भौतिक पूर्वाधार निर्देशनालय अन्तरगतका पद, केनाईन उपसमूहतर्फ केनाईन महाशाखा अन्तरगतका पद, हातहतियार (आरमर) उपसमूहतर्फ हातहतियार मर्मत शाखा अन्तरगतका पदका र विधि विज्ञान उपसमूहतर्फ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोशाला अन्तरगतका पदका लागि भर्ना खुला गरिएको हो ।

सूचना अनुसार भर्नाका लागि सार्वजनिक विदाको दिन बाहेक भदौ २८ गते बिहान १० बजेदेखि कात्तीक ७ गते साँझ ५ बजेसम्म ७ वटै प्रदेश प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर