प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ) – Nepal Press

प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी र अवरोधबीच सभामुख अग्नि प्रसाद सापकोटा र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालबीच सवाल जवाफ भएको छ ।

सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएका थिए । तर, सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउँ भनेका थिए ।

त्यसक्रममा केहीबेर सभामुख र सुवालबीच सवालफजवाफ चल्यो । सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाए ।

तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै उनले पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे ।

सुवाल हात उठाएर विरोध जनाउँदै थिए तर सभामुख अघि बढिरहे । सभामुखसमक्ष उनले रोष्टमबाट बोल्न पाउनुपर्ने माग गरे । तर, सभामुखले उनलाई यथास्थानमा बसेर बोल्न समय दिए ।

सुवाल भने अध्यादेशतिर नगई एमसीसी र मणिपाल कलेज बिक्रीको विरोधमा बोल्न थाले ।


प्रतिक्रिया

One thought on “प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ)

  1. संसदीय प्रणालीको सहि पालना गराउन नसक्ने सभामुखले राजीनामा दिनुपर्छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर