प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध – Nepal Press

प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् ।

सभामुख अग्नि सापकोटाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले पटक-पटक अवरोध गर्नु उचित नभएको भन्दै बैठक संचालनमा सहयोग गर्न अनुरोध गरिरहेका छन् । जनताका समस्या उठाउन अन्य प्रतिनिधिले समय दिन आग्रह गरेको भन्दै उनले सभा संचालनमा सहयोग गर्न आग्रह गरे ।

यसअघि २३ गतेको बैठक पनि एमालेले अवरोध गरेको थियो ।


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

  1. समर्थन छ । एमालेलाइ पेलेर जाने गुरिल्ला सभामुखको योजना सफल हुन दिनु भनेको संसदीय व्यवस्थाको उपहास गर्नु हुन्छ । त्यसैले सभामुखले माफी माग्नु पर्छ । पार्टी फुटाउने अपराधिक कामको मतियार बनेकाछन् ।

Leave a Reply to Janak Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर