सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने – Nepal Press

सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले ग्रोडेली सामान खरिदमा आकर्षक छुट पाउने भएका छन् । यसका लागि मोवाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंक र ग्रोडेलीबीच मोबाइल बैकिङ प्रयोगकर्तालाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीको प्रवर्द्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले ग्रोडेली मार्पत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंकले मोबाइल बैकिङमा दर्ता नभएका ग्राहकहरूको लागि समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङमा दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङ मार्फत विभिन्न युटिलिटीका लागि डिजिटल भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ ।

सिटिजन्सले हाल १८३ शाखा, ११७ एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाईबाट करिब १२ लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *