बेलिभियामाथि अर्जेन्टिनाको सहज जित, मेस्सीको ह्याट्रिक – Nepal Press

बेलिभियामाथि अर्जेन्टिनाको सहज जित, मेस्सीको ह्याट्रिक

एजेन्सी । सुपरस्टार कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्नेन्टिनाले बोलिभियामाथि ३–० को जित दर्ता गरेको छ ।

दक्षिण अमेरिकी छनोट समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले यो जितपछि शीर्ष स्थानको ब्राजिलसँगको अंकदूरी कम गरेको छ ।

यसै सिजन बार्सिलोना छाडेर फ्रान्सेली च्याम्पियन पीएजी पुगेका मेस्सीले १४ औं मिनेटमा लियान्द्रो पेरेडेजको पासमा गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा उनले दुई गोल थपे । ६४ औं मिनेट र ८८ औं मिनेटमा गोल गरी उनले ह्याट्रिक पूरा गरे ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित दोस्रो स्थानमा छ । अर्जेन्टिनाले अहिलेसम्म ५ जित र ३ बराबरीको नतिजा निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर