बीजेपी नेता राम माधव काठमाडौं आइपुगे


काठमाडौं । सत्तारुढ भारतीय दल बीजेपी विदेश विभाग प्रमुख विजय चौंथाइवाले नेपालमा भ्रमणमा आएको एक महीना नबित्दै अर्का बीजेपी नेता आज काठमाडौंमा आइपुगेका छन् ।
बीजेपी नेता राम माधव बिहीवार दिउँसो काठमाडौं आएका हुन् । संयोगवश बिहीबारै अमेरिकी अनुदान सम्झौता एमसीसीका उपाध्यक्षसहितको टोली काठमाडौं भ्रमणमा आएको थियो ।
बीजेपीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का नेता समेत रहेका माधव नेपाली कांगेसको निम्तोमा काठमाडौंमा आएको स्रोतले जनाएको छ । चारदिनसम्म राजनीतिक भेटघाटमा व्यस्त चौंथाइवाले पनि कांग्रेसकै निम्तोमा आएका थिए ।
दार्चुला घटनामा नेपालले भारतलाई कूटनीतिक नोट लेखेको र त्यसको जवाफ नआइसकेको पृष्ठभूमिमा भएको राम माधवको भ्रमणलाई महत्वका साथ हेरिएको छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको रुपमा माधवको भ्रमणलाई हेरिएको छ ।
नेपाल एयरलाइन्सको उडानबाट नेता माधवसहित दुई जना पौने १२ बजे काठमाडौंमा उत्रिएको र गोकर्ण रिसोर्टमा बसेको जनाइएको छ ।
अपराधीहरुकाे जत्था जतिसुकै नेपाल अाए पनि नेपाल काे राष्ट्रियता र नेपाली जनताको जीवन माथि नराम्ररी खेलबाड गरेकाे देखिन्छ ।बिदेशी ले निर्दाेष नेपाली नागरिकको हत्या गरिरहेकाे स्पष्ट पर्माणित हुदा पनि भारत पर्ति लम्पसार वाद ले मुलुक अाक्रान्त बनेको छ