काठमाडौंमा फतिमाको व्यस्तता : जसपाका शीर्ष नेतासँग भेटघाट – Nepal Press

काठमाडौंमा फतिमाको व्यस्तता : जसपाका शीर्ष नेतासँग भेटघाट

दलहरुबीच सहमति गरेर निर्णय गरिने जानकारी

काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसीको टोलीले आज जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेताद्धयलाई भेटेका हुन् ।

यादव र भट्टराईले एमसीसी प्रतिनिधिमण्डललाई प्रमुख दलहरुबीच सहमति गरेर आवश्यक निर्णय गरिने बताएका थिए । सुमार नेतृत्वको एमसीसी टोलीले आज एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटघाट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर