विधान महाधिवेशनका दस्तावेज टुंगो लगाउन एमाले बैठक बस्दै, नेताहरुकाे जिम्मेवारी हेरफेर हुने – Nepal Press

विधान महाधिवेशनका दस्तावेज टुंगो लगाउन एमाले बैठक बस्दै, नेताहरुकाे जिम्मेवारी हेरफेर हुने

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रवार बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ । त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ ।

स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।

विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् । शुक्रवारको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना छ ।

माधव नेपाल छाडेर एमालेमै बसेका नेताहरुको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीले यसबारे टुंगो लगाउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर