बंगलादेशविरुद्धको सुरुआती ११ सार्वजनिक, सबिता र प्रीतीको डेब्यू


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध केही बेरमा सुरु हुने खेलमा दुई नयाँ खेलाडीलाई सुरुआती ११ मा समावेश गरेका छ । एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप दशरथ रंगशालामा नेपालले आज र आइतबार गरी बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।
जसमध्ये ५ बजे सुरु हुने पहिलो खेलमा प्रशिक्षक फिलिप्सले मिडफिल्डरहरू प्रीती राई र सबिता रानालाई सुरुआती–११ मा समावेश गरेका हुन् । एपीएफबाट घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतीले यु–१५ को कप्तानीसपमेत गरिसकेकी छन् ।
यस्तै रुपन्देहीबाट घरेलु फुटबल खेल्दै आएकी सबिताले भने पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिने छिन् ।
महिला फुटबलकी सर्वकालिन सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी चोटका कारण कतारमा रहेकाले उनी बिना नेपाली टोली मैदान उत्रिँदैछ ।
बंगलादेशविरुद्धको नेपाली टोली
एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), रेणुका नगरकोटी (कप्तान), गिता राना, हिरा भुजेल, अम्रिता जैसी, प्रीती राई, विमला चौधरी, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन, पुजा राना र सबिता राना रहेका छन्।