पशुपतिनाथको गेटमै पूजा गर्दै व्रतालु, प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे (फोटोफिचर\भिडिओ) – Nepal Press
हरितालिका तीज

पशुपतिनाथको गेटमै पूजा गर्दै व्रतालु, प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे (फोटोफिचर\भिडिओ)

काठमाडौं । कोरोना महामारीका कारण पछिल्लोपल्ट लागू गरिएको लकडाउनका कारण बैशाख १५ देखि पशुपतिनाथ मन्दिर बन्द छ ।

हरेक वर्ष हरितालिका तीजका दिन ठूलो संख्यामा दर्शनार्थीको उपस्थिति रहने पशुपतिनाथमा गत वर्ष र यो वर्ष पनि नियमितबाहेक पूजाआजा बन्द गरिएको छ ।

तर, तीजमा व्रत बसेकाहरु सयौंको संख्यामा पशुपति पुगेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे परेको छ । प्रहरीले माइकिङ गरी भीड कम गर्न र कोरोना जोखिमका कारण घरमै पूजा गर्न आग्रह गरिरहेको छ ।

मन्दिर बन्द भए पनि व्रतालुहरु पशुपतिको दक्षिण र पश्चिम प्रवेशद्वारमै पूजा गरेर फर्किएका छन् । गेटमै पूजा गर्न पनि लामो लाइन लाग्न थालेको छ ।

आज हरितालिका तीज देवादिदेव महादेवको पूजा गर्ने र निरहार व्रत बस्ने परम्परा छ । आरध्यदेव पशुपतिनाथमा हरेक वर्ष तीजका दिन ठूलो मेला लाग्ने गर्छ । काेराेना महामारीका कारण बन्द मन्दिरकाे भित्र सुनसान छ तर गेटबाहिर थामिनसक्नुकाे भीड छ ।


प्रतिक्रिया

One thought on “पशुपतिनाथको गेटमै पूजा गर्दै व्रतालु, प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे (फोटोफिचर\भिडिओ)

  1. मन्दिर बन्द गरेर यो सरकारले के गर्न खाेजेकाे ? करोडौं नेपाली जनताको अास्थाकाे केन्द्र श्रि पशुपति नाथ काे मन्दिरको किन बदनाम गरिरहेकाे छ यो सरकारले ? यो देशको संस्कृतिकाे धराेहर,राष्ट्रियताकाे पहिचान भगवान पशुपतिनाथ बिश्व पर्सिद्ध छन ।तर अाफ्नै देशका राष्ट्रियताका हत्यारा शासक बर्गहरु अाज भगवान अाफैलाइ घाेषणा गर्न चाहान्छन,यो यिनिहरुकाे ठूलो दुर्गति हाे। अनावश्यक नाटक र अनावश्यक कन्जुस्याइँ नगरी न्दिर चाडाे भन्दा चाडाे खाेलिनु पर्छ।

Leave a Reply to रबिकुमार गिरि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर