अमेरिकाले भन्यो : एमसीसी संसोधन हुन सक्दैन


काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता संशोधन हुन नसक्ने जवाफ सरकारलाई दिएको छ । सरकारले सोधेका ११ मूलप्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले उक्त कुरा बताएकी हुन् ।
नेपालका कतिपय राजनीतिक दल र नागरिक समाजले एमसीसीलाई संसोधन गरेर मात्र पारित गर्ने बताइरहेको बेला अमेरिकाले संसोधन हुन नसक्ने जवाफ दिएको हो ।
सम्झौताको मूल अंश संसोधन हुन नसक्ने जवाफ अमेरिकाले दिएको छ । सरकारले ६ नम्बरको बुँदामा संसोधनको कुरा संसदबाट किन अनुमोदन हुन सक्दैन भन्दै सोधेको प्रश्नमा भनिएको छ, ‘हस्ताक्षर भैसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संसोधन गर्न सकिँदैन ।’
‘हिन्द(प्रशान्त रणनीति मातहतको सम्झौता होइन, नेपालको संविधानभन्दा माथि छैन’ (पूर्णपाठसहित)
सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसोधनपछि मात्रै एमसीसी अनुमोदन हुने बताएका थिए । साथै, संसोधन गरेर मात्रै पास गर्न माग गर्दै प्रदर्शन हुँदै आएको छ ।
आफू नेपाल आउनुको पूर्वसन्ध्यामा एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्री जनाद्र्धन शर्मालाई एमसीसी संसोधन हुन नसक्ने जवाफ दिएकी हुन् ।