एमालेसँग आक्रोशित सभामुखले समातेको नियम २१ को ‘ख’ र ‘ग’ मा के छ ? – Nepal Press

एमालेसँग आक्रोशित सभामुखले समातेको नियम २१ को ‘ख’ र ‘ग’ मा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ मागेपछि यसले विवाद उत्पन्न गरेको छ। विवादका बीच प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अुनसारै काम गरेको र यो विषय अदालमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।

एमाले प्रमुख सचेतक भट्टराईले बोलि सक्ने वित्तिकै जवाफ दिन लागेका सभामुखले नाराबाजी शुरु भएपछि जवाफ रोकेर नियम २१ को ख र ग सम्झाएका थिए । उनी त्यसक्रममा एकदमै आक्रोशित भएर चेतावनी दिदै थिए । आफूले कानून बमोजिम नै गरेको भन्दै संविधान र कानूनविपरित मर्यादा नाघेर प्रस्तुत नहुन एमाले सांसदहरुलाई चेतावनी दिए ।

संविधानको धारा १०५

संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बसह गर्न बन्देज गरेको छ।

प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलपल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचराणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ।

 

 


प्रतिक्रिया

One thought on “एमालेसँग आक्रोशित सभामुखले समातेको नियम २१ को ‘ख’ र ‘ग’ मा के छ ?

  1. सभामुखले गल्ती होईन अपराध गरेकाछन कानूनी रूपले ! आज संविधानको धारा देखाउनेले त्यही संविधानको धाराको उपहास गर्दा पनि देख्नु पर्छ ! एमालेले कार्वाही गरेको सांसदहरूलाई कावार्ही गरेको जानकारी गराउॅदा मुख बन्द आखा र बुद्धी सुन्य बनेको कारण के थियो ? संविधानको पालना एमालेले मात्र मान्नु पर्ने हो ?
    सभामुखको जिम्मेवारीमा अहिलेसम्म कै नालायक व्यक्ति यिनै अग्नी प्रसाद सापकोटा हुन यसमा कुनै दुविधा छैन ! संवैधानिक परिषद् बैठकमा उनी अनुपस्थित रहॅदा संविधान देख्दैन थे यीनले ?

Leave a Reply to Janak Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर