सक्रिय राजनीतिमा जयवीरको इन्ट्री, डडेल्धुराबाट चुनाव लडाउने तयारी – Nepal Press

सक्रिय राजनीतिमा जयवीरको इन्ट्री, डडेल्धुराबाट चुनाव लडाउने तयारी

धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको परिवारका सबै सदस्य सक्रिय राजनीतिमा होमिएका छन् । देउवाका एकमात्र सन्तान २६ वर्षीय जयवीरसिंह देउवाले पनि कांग्रेसको क्रियाशील बनेसँगै सिगो परिवार राजनीतिमा सक्रिय भएको हो ।

देउवा पत्नी आरजु देउवा यसअघि नै कांग्रेसको राजनीतिमा क्रियाशी छिन् । उनी गत चुनावमा कैलाली ५ बाट पराजित भएकी थिइन् । देउवापछि छोरालाई डडेलधुराबाट चुनाव लडाउने योजना अनुसार नै आरजुले धनगढीलाई आफ्नो आधारक्षेत्र बनाएको बताइन्छ ।

देउवापुत्र जयवीरसिंहले गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । ९६ जना नयाँ सदस्य थपिँदा देउवाको इन्ट्री भएको वडाध्यक्ष चेतराज पनेरुले बताए ।

बेलायतकाे युनिभर्सिटी अफ न्युयाेर्क लण्डनबाट राजनीति शास्त्रमा एमएम गरेका जयवीर अब सक्रिय राजनीतिमा लागेका छन् । केही समयअघि आरजुले तीनजनाको फोटो सार्वजनिक गरेसँगै छोराको राजनीति प्रवेशको आँकलन भएको थियो ।

डडेलुधरामा अहिले कर्ण मल्लले देउवाको साथ छाडेपछि अधिवेशन नै विवादमा परेको छ । मल्ल सभापति हुन् । उनले विमलेन्द्र निधीलाई समर्थन गरेका छन् । स्थानीय चुनावदेखि नै देउवा परिवारसँग मल्लको सम्बन्ध बिग्रिएको छ ।

देउवाले स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै मल्ललाई कारवाही गरेका थिए । तर प्रतिनिधिसभा चुनावबेला एमाले र माओवादी मिलेपछि जिल्लामा अप्ठेरो हुने भएकाले कारवाही फिर्ता गरेर प्रदेशसभामा मल्ललाई टिकट दिएका थिए ।


प्रतिक्रिया

One thought on “सक्रिय राजनीतिमा जयवीरको इन्ट्री, डडेल्धुराबाट चुनाव लडाउने तयारी

  1. बेलायतको युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रमा एमएम गरेका जयवीर ! Baklol

Leave a Reply to jayabirsingh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर