अमेरिकी राजदूत बेरी र नेता भट्टराईबीच भेटवार्ता – Nepal Press

अमेरिकी राजदूत बेरी र नेता भट्टराईबीच भेटवार्ता

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोर्रेसन एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको बेला बेरीले भट्टराईलाई भेटेका हुन् ।

बुधबार राजधानीको एक होटलमा दुईजनाबीच भेटवार्ता भएको हो । एमसीसीको पक्षमा समर्थन जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्यक्त गरिरहेको बेला यस्तो भेटवार्ता भएको हो । यसैसाता एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आउने कार्यक्रम छ । एमसीसी टोली काठमाडौं आउनुअघि राजदूत बेरीले एमसीसीमा समर्थन जुटाउन भेटवार्ता थालेका हुन् ।

गएको असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर