राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ – Nepal Press

राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका अध्यक्षमा सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई पथ तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा (१) ‌क मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका थिए । यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनी सेवा निवृत्त हुनुभएपछि साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर