प्रविधिले ओझेल पारेको कुरियर सेवालाई प्रवर्द्धन गर्नुपर्छ : चन्द्र ढकाल – Nepal Press

प्रविधिले ओझेल पारेको कुरियर सेवालाई प्रवर्द्धन गर्नुपर्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने धारणा राखेका छन् ।

‘यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘यसका लागि निजी क्षेत्रको छाता संगठनका हैसियतले नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नेछ ।’

उनले इमेल इन्टरनेटका कारणले कुरियर सेवा छायाँमा परेको जस्तो देखिए पनि यसको महत्वमा कहिल्यै कमी नआउने उल्लेख गरे । व्यापार व्यवसायमा मात्र नभइ आम सर्वसाधारण समेतको सेवा दिइरहेको कुरियर सेवा ओझेलमा परेको उल्लेख गर्दै उनले संसारका विकसित मुलुकमा यसको महत्वमा कहिल्यै कम नआएको र नेपालले पनि संरक्षण र सम्वर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

ढकालले कुरियर सेवा संघमा सर्वसम्मत नेतृत्व चयन हुनु स्वागतयोग्य रहेको उल्लेख गर्दै यसका लागि संघ नेतृत्वको पहल सह्रानीय रहेको बताए । उनले आफूले शुरूआती दिनमा कार्गो र कुरियर क्षेत्रबाटै व्यवसाय शुरू गरेको स्मरण गर्दै यस क्षेत्रले भोग्नुपरेका समस्या आफूले महसुस गर्नसक्ने धारणा राखेका छन् ।

सेवाशुल्क र अन्य शुल्क पारदर्शी हुनुपर्नेमा उनको जोड थियो ।

संघको २७ औं वार्षिक साधारणसभाले देवेन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर