वीरेन्द्रनगर स्वास्थ्य शाखा प्रमुख थापा कांग्रेस वडा सभापतिका दाबेदार – Nepal Press

वीरेन्द्रनगर स्वास्थ्य शाखा प्रमुख थापा कांग्रेस वडा सभापतिका दाबेदार

कर्मचारीले राजनीति गरेको भन्दै आलोचना

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उदयबहादुर थापा क्षेत्रीले नेपाली कांग्रेसको वडा अधिवेशनमा वीरेन्द्रनगर वडा नम्बर एकबाट सभापितको उम्मेदवारी घोषणा गरेका छन् । र उनले आफ्नो प्रचारलाई पनि तीव्र बनाएका छन् ।
सरकारी कर्मचारी भएर खुलेयाम पार्टी राजनीतिमा लागेको भन्दै उनको आलोचना भइरहेको छ । कर्मचारीवृत्तमा पनि थापाको आलोचना भइरहेको छ । ‘उहाँको गतिविधिका कारण हामीलाई नै समस्या परेको छ’, एक कर्मचारीले भने ।
थापाले भने आफूले वडा सभापतिको रहर मात्रै गरेको प्रतिक्रिया दिएका छन् ।

नगरप्रमुख देवकुमार सुवेदीले भने थापा नियमित रुपमा नगरपालिका कार्यालयमा आएर काम गरिरहेको र उनले अरु बेला के गर्छन् भन्नेबारे आफूहरुलाई चासो नहुने बताए । ‘यदि उहाँ वडा सभापतिको उम्मेदवार हुने भए कर्मचारीबाट राजीनामा दिनुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर