नेपालद्वारा स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने प्रस्ताव, रोग नियन्त्रण केन्द्र स्थापनाको घोषणा – Nepal Press
डब्लुएचओ क्षेत्रीय सम्मेलन काठमाडौंमा जारी

नेपालद्वारा स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने प्रस्ताव, रोग नियन्त्रण केन्द्र स्थापनाको घोषणा

११ वटै देशका स्वास्थ्यमन्त्री आज छलफल गर्दै

काठमाडौं । विश्व स्वास्थ्य संगठनको ७४ औं दक्षिणपूर्वी एसियाली बैठक नेपाली राजधानीमा जारी छ । बैठकको दोस्रो दिन आज संगठनको ११ वटा क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्रीबीच आज राउन्डटेबल भैरहेको छ ।

राउन्ड-टेबुलमा स्वास्थ्यमन्त्रीहरुले आ-आफ्नो मुलुकका स्वास्थ्य एजेन्डाहरु प्रस्तुत गरिरहेका छन् । साथै, स्वास्थ्य रणनीति र चुनौतिहरु पनि पेश गरेका छन् । नेपाली स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालको तर्फबाट एजेन्डाहरु प्रस्तुत गरे ।

सार्वजनिक स्वास्थ्यका चुनौतिहरुसँग जुधेर सेवालाई प्रभावकारी बनाउनेबारे स्वास्थ्य सेवाकै पुनर्संरचना गर्नेबारे मन्त्री श्रेष्ठले योजना प्रस्तुत गरेका छन् ।

नेपालले रोग नियन्त्रण केन्द्र स्थापना गर्ने, खाद्य सुरक्षा, एन्टी-माइक्रोबायल रेसिस्टेन्स र जुनोटिक स्वास्थ्यलाई सम्बोधन गर्नेबारे एउटै स्वास्थ्य नीति बनाउने घोषणा नेपालले गरेको छ । थाइल्यान्ड, माल्दिभ्स, श्रीलंकासहितका मुलुकका स्वास्थ्य मन्त्रीले आज बिहानै सम्बोधन गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर