अमेरिकाले भन्यो- तथ्य आधारित एमसीसीविरुद्धका आलोचनाको स्वागत गर्छौं


काठमाडौं । अमेरिकाले तथ्यमा आधारित भए एमसीसीविरुद्धका आलोचनाको पनि सर्मथन र स्वागत गर्ने बताएको छ। नेपालस्थित अमेरिकी दूतावासले सोमबार समाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म रहेको उल्लेख गरेको छ।
‘हामी तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति र छलफलको दरोसँग सर्मथन गर्छौं, चाहे त्यो एमसीसीका बारेमा किन नहोस्,’ भनिएको छ, ‘शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म हो।’
नेपालमा एमसीसी अनुमोदन गर्ने तयारी चलिरहेको भनिएका बेला अमेरिकाले नरमरुपमा प्रस्तुत हुँदै आलोचना पनि स्विकार गर्छौं भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अर्थ मन्त्रालयले विभिन्न ११ प्रश्न राखेर एमसीसीलाई पत्र पठाएको छ । अमेरिका एमसीसी सम्झौतालाई परिर्माजन गर्न तयार भएपछि त्यस्तो पत्र पठाइएको बताइको छ।