धनकुटा पुगेर सूर्यबहादुर पुत्रले भने- हाम्रो प्रतिद्वन्द्वी एमाले हो, अधिवेशनमा एक-अर्कामा नलडौं – Nepal Press

धनकुटा पुगेर सूर्यबहादुर पुत्रले भने- हाम्रो प्रतिद्वन्द्वी एमाले हो, अधिवेशनमा एक-अर्कामा नलडौं

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले अबको चुनावमा आफ्नो प्रतिद्वन्द्वी एमाले भएको दावी गरेका छन् ।

धनकुटाको पाख्रिवास नगरपालिका-८ मुगाको वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस अधिवेशनलाई सहमति, सहकार्य र एकताको अधिवेशन भएको बताए । उनले भने, ‘आज तपाईंहरू एक-अर्कामा लडेर केही फाइदा छैन । के म तपाईंहरूको प्रतिद्वन्द्वी हो र ? यहाँ रामको प्रतिद्वन्द्वी श्याम हो र ? अबको चुनावमा हाम्रो प्रतिद्वन्द्वी भनेको त एमाले हो । एमालेसँग लड्नुपर्छ । तपाईं-हामी लडेर केही फाइदा छैन ।’

थापाले अधिवेशनलाई तहसनहस र असफल बनाउन तँ पनि-उठ तँ पनि उठ भनेर कहिँ कतै उचाल्ने गरेको पाइएपनि धनकुटामा त्यस्तो नहुने बताए ।

‘एक-अर्कामा झगडा नगर्नुस् । एक व्यक्ति एक पदमा जानुस् । तपाईंहरू आँफै निर्णय गर्नुस् । वडामा बस्ने साथी वडा, गाउँमै बस्नुस् । जिल्ला/नगरमा जाने साथीहरू त्यसैअनुसार तयार रहनुस्’, थापाले भने, ‘म यहाँ आएर यसलाई बना त्यासलाई बना भनेर भन्दिन । तपाईंहरू सबै मेरो लागि प्रिय मित्र हुनुहुन्छ ।’

आज बनेको समितिले आउने निर्वाचनमा जाने बाटो तयार गर्ने र यसले एमालेसँग चुनावमा लड्न बल पुग्ने थापाको जिकिर थियो ।

थापाले भने, ‘हामीले स्थानिय निकायमा हार्दा के दशा देखियो । आज एकापरिवारका एमाले पनि १० फिटको दूरिमा फाटेर हिँडेका छन् । तर, हामी सत्तामा आउँदा एमाले, कांग्रेस वा माओवादी भन्दैनौं । समान दृष्टिकोणले सबैको विचार हेर्न चाहन्छौं । यही हो प्रजातन्त्र भनेको ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर