एमसीसीविरुद्ध वैद्यनिकट विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरी हस्तक्षेप (भिडिओ) – Nepal Press

एमसीसीविरुद्ध वैद्यनिकट विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरी हस्तक्षेप (भिडिओ)

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

सोमबार दिउँसो महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दबाब दिइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विरोधको क्रममा दूतावासअघिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’भन्नेलगायतका नाराबाजी गरेका थिए ।

अखिल (क्रान्तिकारी) ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर