बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै – Nepal Press

बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज पुनः पेसीमा चढेको छ ।

न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा सो मुद्दाको सुनुवाइ हुने भएको हो । रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर स्थगित हुँदै आएको थियो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो ।

तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले रिट दायर गरको थिए।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर