इम्बोस्ड नम्बर प्लेटले रोजगार खोसेको भन्दै आर्टिष्टहरूको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

इम्बोस्ड नम्बर प्लेटले रोजगार खोसेको भन्दै आर्टिष्टहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै नेपाल कमर्शियल आर्टिष्ट संघले आन्दोलन गरेको छ । आर्टिष्टहरुको रोजगारी गुम्ने र इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दा नेपालको डाटा विदेश जाने भएकाले आफूहरू विरोधमा उत्रिएको संघले जनाएको छ ।

संघको आव्हानमा यातायात व्यवस्था कार्यलय एकान्तकुनामा आज बिहान ११ बजेबाट प्रद्शन शुरू गरिएको छ ।
महासचिव चित्रबहादुर कार्कीले नेपालीको रोजगारी गुम्ने र इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दा नेपाली सवारीधनीको सबै डाटा विदेशमा जाने भएर आन्दोलमा उत्रिएको बताए ।

कार्कीले भने,‘बेरोजगारी बढिरहेको बेला इम्बोस्ड नम्बर प्लेट लागू हुँदा व्यवसायिक कलाकार पनि बेरोजगार हुन्छन्। हाम्रा श्रमजिवी कला व्यवसायीलाई पक्राउ गर्ने र दुःख दिने कार्य प्रशासनले गरिरहेको छ । त्यसको विरुद्धमा आन्दोलन गरेका हौं । के कति मापदण्डभित्र रहेर नम्बर प्लेट लेख्न पाइने हो भन्ने पनि सार्वजनिक सूचना जारी गर्नुपर्ने हो । तर त्यस्तो छैन । यस्ता अव्यवहारिक र अवैधानिक कार्य निन्दनीय छ ।’

इम्बोस्ड नम्बर प्लेटमा नेपालीपन नभएकोले आन्दोलनमा उत्रिनुपरेको कार्कीको जिकिर छ ।



 
 
 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर