रुपन्देहीको देवदह नगरपालिकाद्वारा विद्यालय सन्चालनको तयारी – Nepal Press

रुपन्देहीको देवदह नगरपालिकाद्वारा विद्यालय सन्चालनको तयारी

रुपन्देही । कोरोना संक्रमण कम भएको आंकलन गर्दै रुपन्देहीको देवदह नगरपालिकाले भौतिक रुपमै पठनपाठन गराउने गरी विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालय भदौ २७ गतेदेखि भौतिक रुपमा पठनपाठन चलाउने तयारी भएको हो ।

नगरपालिकाका सूचना अधिकारी टिकाराम शर्माले धेरै विद्यार्थीहरु र भौतिक संरचना कम भएका विद्यालयले सिफ्टअनुसार कक्षा सञ्चालन गर्ने गरी विद्यालय सञ्चालका लागि अनुमति दिएको जानकारी दिए ।

‘धेरै विद्यार्थीहरु भएका विद्यालय र भौतिक संरचना कम भएका विद्यालयहरुले सिफ्टमा अनुसार पठन–पाठन गराउनु पर्नेछ ।’ उनले भने– ‘स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी भदौ २७ गतेदेखि भौतिकरुपमा नै कक्षा सञ्चालन अनुमति नगरपालिकाले दिएको हो ।’

सो नगरपालिकामा २० हजारभन्दा बढी विद्यार्थीहरु रहेका छन् । ३० वटा सामुदायिक र १७ वटा संस्थागत विद्यालय गरी ४७ वटा विद्यालयले अध्यापन गरादै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर