पुनरागमन जितसहित जोकोभिच युएस ओपनको चौथो चरणमा – Nepal Press

पुनरागमन जितसहित जोकोभिच युएस ओपनको चौथो चरणमा

एजेन्सी । विश्व नम्वर १ टेनिस खेलाडी जोभाक जोकोभिच पुनरागमन जितसहित वर्षको चौथो ग्राण्डलाम यूएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन । उनले जापानी खेलाडी कि निसिकोरीलाई ३–१ को सेटमा पराजित गरी अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् ।

करिअरमा कीर्तिमानी २१ औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेका जोकोभिचले पहिलो सेट टाइब्रेकरमा ७–६ (७–४)ले पराजित रहे । तर त्यसयता उनको पुनरागमन शानदार थियो । त्यसपछिका तीन सेटमा जोकोभिचले ६–३, ६–३ र ६–२ को सहज जित निकाले ।

चौथो सेटमा निसिकोरीको गल्तिका कारण सर्भिस ब्रेक गरेर उनके जित भएको हो । तीन घण्टा ३२ मिनेटसम्म चलेको खेलमा जित निकालेपछि जोकोभिचले निसिकोरीसँग खेल्नु कठिन भएको प्रतिक्रिया दिए ।

यो वर्ष अघिल्ला तीनवटै ग्राण्डस्लामको उपाधि जितेका जोकोभिच यूएस ओपन सन् २०१८ पछि उचाल्ने लक्ष्यमा छन । उनले पछिल्लोपल्ट २०१८ मा यूएस ओपनको उपाधि जितेका थिए ।

यो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्नको उपाधि जितिसकेका छन । अब यूएस ओपन जितेमा उनले नयाँ इतिहास पनि बनाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *