एमालेविरुद्धको घेराबन्दी चुनावअघि नै पर्दाफास हुन्छ :  शंकर पोखरेल – Nepal Press

एमालेविरुद्धको घेराबन्दी चुनावअघि नै पर्दाफास हुन्छ :  शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले आफ्नो पार्टीविरुद्धको घेराबन्दीका कारणहरु चुनाव अगाडि नै पर्दाफास हुने बताएका छन् ।

नेकपा एमाले दाङ क्षेत्र नं ३ ले शनिबार आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘देशभित्र र विदेशका कुन–कुन शक्तिले के कारणले एमालेविरुद्ध षडयन्त्र गरे त्यो चुनावअघि नै प्रष्ट हुन्छ, चुनावी नतिजाले त आमनागरिकले बुझ्नेगरी अझै प्रष्टाउने छ।’

एमालेसँग एक्लै भिड्ने कुनै दलको तागत नभएका कारण आफूहरुविरुद्ध गठबन्धन बनेको पोखरेलको भनाइ छ। ‘एमालेसँग एक्लै भिड्ने कुनै दलको तागत नभएका कारण नोपली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा मात्र नभएर पार्टी र सरकारमा सधै भाग खोज्ने एमालेबाट बाहिरिएको झुण्डको एउटै मोर्चा बनेको छ,’ उनले भने ।

उनले अब मुलुकमा २ वटा मात्र राजनीति कित्ता भएको बताए । पोखरेलले भने,‘ पहिलो नेकपा एमालेको नेतृत्वमा जसले केपी शर्मा ओलीले गर्नुभएको छ । अर्को नेकपा एमाले विरोधी राजनीतिक गठबन्धन जसको नेता माधव नेपाल, प्रचण्ड होइन् । त्यसको नेता शेरबहादुर देउवा हुन् । अब शेरबहादुर देउवाको गठबन्धन र अर्कोतिर नेकपा एमाले केपी ओली नेतृत्वको कित्ता हो ।’

माधव नेपालको पार्टीतर्फ गएका र अलमल परेका नेता कार्यकर्ताहरुलाई सम्बोधन उनले भने, ‘२२ गतेसम्म पार्टी फुटाउने, केही लोभ देखाएर तान्ने म्याद सरकारले बनाइदिएको छ, यसमा कोही क्षणिक लोभमा परेर आफ्नो भविष्य र पार्टीको भविश्य नबिगार्नुहोस्, पछि धिक्कार मान्नुपर्ने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर