महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षद्वारा नेकपा एसको पक्षमा सनाखत – Nepal Press

महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षद्वारा नेकपा एसको पक्षमा सनाखत

काठमाडौं । काठमाडौं महानगरका केही वडाध्यक्षले एमाले छाडेका छन् । नवगठित नेकपा (एकीकृत समाजवादी) महानगरका दुईसहित ५ वडाध्यक्षले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा कामनपा- ७ का सुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल छन् ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिका- ३ का बालकृष्ण श्रेष्ठ, टोखा-९ का जोगप्रसाद नेपाल, तारकेश्वर-२ का रवीन्द्र केसी, तारकेश्वर-६ की मधु कार्की, शंखरापुर-९ का घनश्याम थापाले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर