ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा – Nepal Press

ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

काठमाडौं । नेपाली खेलाडी पलेशा गोवद्र्धन जापानमा जारी पारा ओलम्पिकमा ऐतिहासिक पदकको एक कदम नजिक पुगेर इतिहास लेख्नबाट चुकेकी छन् । तेक्वान्दोको के क्याटागोरी अन्तर्गत ४८ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाले सुरुआती खेलमा पराजय भोगेकी थिइन् ।

पहिलो हारसँगै स्वर्णको ढोका बन्द भए पनि कास्यका लागि रिपुचेको फाइनलमा चिनिया खेलाडी युजी लीसँग १२–९ को नतिजामा पराजित हुँदा इतिहास लेख्नबाट चुकेकी हुन् ।

पहिलो चरणमा ४–२ को जित निकालेकी पलेशाले दोस्रो चरणमा अंक नजोड्दै ५–० ले पराजित भएकी थिइन् । तेस्रो चरणमा भने प्रतिस्पर्धात्मक प्रदर्शन गरेकी पलेशाले ५–५ को बराबरी गरेकी थिइन् ।

तर, दोस्रो चरणमा अंक जोड्न नसक्दा नेपालका लागि पहिलो पदक जित्नबाट वञ्चित हुनुपर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर