पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.थापा नियुक्त – Nepal Press

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.थापा नियुक्त

काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिवमा डा. मिलनकुमार थापालाई नियुक्त नियुक्त गरेको छ ।

नेपाल सरकार प्रधानमन्त्रीस्तरको आज भएको निर्णय अनुसार डा. थापा कोषको सदस्य सचिवमा नियुक्त भएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त भएको थापाले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिको विकास र सुधारमा कटिबद्ध भएर सेवा गर्ने बताए ।

डा. थापाले यस अघि कोषको कोषध्यक्षको रुपमा ४ वर्ष काम गरेका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *