परमादेशले हटाएको एमाले जनताको माया बोकेर सत्तामा फर्किन्छ : प्रदीप ज्ञवाली (भिडियो) – Nepal Press

परमादेशले हटाएको एमाले जनताको माया बोकेर सत्तामा फर्किन्छ : प्रदीप ज्ञवाली (भिडियो)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आउँदो निर्वाचनबाट आफ्नो पार्टी फेरि सत्तामा फर्कने दावी गरेका छन् ।

तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नु परेको उल्लेख गर्दै ज्ञवालीले जनादेशको माध्यमबाट एमाले सरकारमा फर्कने बताए । ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई आव्हान गरे ।

प्रवक्ता ज्ञवालीले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अवको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठीक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि सरकारमा फर्कने छौं । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौं । र फेरि देशलाई ‘समृद्ध नेपाल सुःखी नेपाली’ को राष्ट्रिय अभियानमा साथ अघि बढाउँनेछौं ।’

भूमिसम्बन्धी आयोग विघटन गरेको, दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै ज्ञवालीले सरकारको आलोचना गरे ।


प्रतिक्रिया

One thought on “परमादेशले हटाएको एमाले जनताको माया बोकेर सत्तामा फर्किन्छ : प्रदीप ज्ञवाली (भिडियो)

  1. उज्यालो नचाहने एमाले, भ्रष्टाचारको खेती गर्ने एमाले, उखान टुक्के एमाले कठैबरा😅😅😅

Leave a Reply to sangye lodro mgr Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर