भीम रावलको प्रश्न- गठबन्धन सत्ता हत्याउन मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ? – Nepal Press

भीम रावलको प्रश्न- गठबन्धन सत्ता हत्याउन मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर उडान गरेकोप्रति सरकारको जवाफ मागेका छन् । ट्वीट गर्दै उनले गठबन्धन सरकार के-का लागि भनी प्रश्न गरेका छन् ।

‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ?,’रावलको प्रश्न छ, ‘अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर