क्लासिटेकविरुद्धको समाचारप्रति आईस्पानको ध्यानाकर्षण – Nepal Press

क्लासिटेकविरुद्धको समाचारप्रति आईस्पानको ध्यानाकर्षण

काठमाडौं  । विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी, तथा ‘तालाबन्दी’ गरेको समाचार प्रकाशनपछि ‘क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका विभिन्न शीर्षकहरूमा प्रकाशित समाचारप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान )ले ध्यानाकर्षण भएको बताएको छ ।

‘राज्यको चौथो अङ्गको रूपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै आइरहेका छौं,’ आईस्पानले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पनि प्रतिवद्ध रहेका छौं । सूचना तथा प्रविधिको विकास सँगसँगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चार माध्यमबीचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको छ । हामी आमनागरिक सुसुचित हुने अधिकारको लडाइमा सधै संघै रहेका छौं । आमसंचारमाध्यम तथा नागरिकहरुको सुसुचित हुने अधिकारको हामी सर्दैव सम्मान गर्दछौं । ‘

आईस्पानले यस घटनाको बारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जित रूपमा समाचार प्रकाशन गरेको संघको ठहर छ । र, त्यो कार्यले संघलाई दुखित तुल्याएको छ विज्ञप्तिमा बताइएको छ ।

‘प्राविधिक रूपमा भन्नु पर्दा त्यस संचार माध्यमको वेबसाइट क्लासिक टेकमा होस्ट नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा मा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रति पूर्वग्रही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरा प्रति नलागी सूचनाको हक विपरीतको कार्य नगर्न पनि हार्दिक अपिल गर्न चाहन्छौं  ।’

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, सम्मानित अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको आईस्पानले स्पष्ट पारेको छ । यो कुरामा इन्टरनेट सेवा प्रदायकहरू जानकार भई अक्षर अक्षर नियमको पालना गरिरहेको समेत आईस्पानको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर