सदस्यता विवाद नमिलेपछि पाल्पा कांग्रेसको वडा अधिवेशन स्थगित – Nepal Press

सदस्यता विवाद नमिलेपछि पाल्पा कांग्रेसको वडा अधिवेशन स्थगित

रूपन्देही । पाल्पामा आजका लागि तय भएको नेपाली कांग्रेस वडा अधिवेशन स्थगित भएको छ । केही वडामा क्रियाशील सदस्यता छुटेका स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जानकारी दिएपछि प्राविधिक कारण जनाउँदै स्थगित गरिएको जनाइएको छ ।

पार्टी सचिव झपेन्द्र गहिरेले निर्वाचन अधिकृत शुक्रबारमात्र आउने जानकारी आएको र शनिबार जिल्ला समिति बैठक बसेर मिति तय गर्ने जानकारी दिएका छन् । वडा अधिवेशनको सबै तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएकोमा कार्यकर्ता रुष्ट भएका छन् ।

सचिव गहिरेका अनुसार वडाको निर्वाचन अधिकारी सम्बन्धित स्थानीय तहले तयारी गरेका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि गाउँरनगरको वडा अधिवेशन तोकेको थियो ।

पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर