झलनाथको स्वास्थ्य अवस्था बुझ्न देउवा डल्लुमा – Nepal Press

झलनाथको स्वास्थ्य अवस्था बुझ्न देउवा डल्लुमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लुस्थित उनकै निवास पुगेर भेटेका छन् । भारतमा उपचार गरेर फर्केका खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा त्यहाँ पुगेका हुन् ।

फेसबुकमा देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको उल्लेख गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी तीन दिनअघि मात्रै स्वदेश फर्केका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर