महामारीपछि नेपालमा टाउको दुख्ने बिरामीहरु बढे – Nepal Press

महामारीपछि नेपालमा टाउको दुख्ने बिरामीहरु बढे

काठमाडौं । कोभिड–१९ महामारीयता विश्वभरी टाउको दुख्ने समस्या बढिरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार ०७७ साउनदेखि ०७८ असारसम्म देशभर २८ लाख ४४ हजार ५९३ जना टाउको दुख्ने समस्या भएर अस्पताल पुगेका छन् ।

अघिल्लो बर्षको तुलनामा यससवर्ष दोब्बर मानिसहरु टाउको दुख्ने समस्या लिएर अस्पताल पुगेको पाइएको छ । ०७६/७७ मा देशभर १२ लाख ९० हजार तीन सय ८० जना बिरामी अस्पताल पुगेका थिए । टाउको दुखाइको कारण अस्पतालमा पुग्नेको संख्या धेरै हुनु चिन्ताको विषय भएको चिकित्सकहरु बताउँछन् ।

विशेषज्ञ दीपेश शाक्यका अनुसार ६५ प्रतिशत मानिसहरुमा तनावका कारण टाउको दुख्ने समस्या भएको देखिएको छ । कोभिडका कारण आफन्त गुमाउने, रोजगारी गुमाउने जस्ता मुख्य कारण भएको अध्ययनले देखाएको छ ।

मानसिक समस्या, तनाव तथा विभिन्न शारीरिक रोगका कारण ‘हेडएक डिसअर्डर’ हुन सक्ने विशेषज्ञ जया सत्याल बताउँछिन् । टाउको दुख्ने वैज्ञानिक कारण नभएपनि सामान्यतया पानीको कमी, खानामा ढिलाइ, तनाव र अन्य सिभियर इन्जुरीका कारण टाउको दुख्ने गर्दछ ।

ब्याक्टेरियल इन्फेक्सनका कारणसमेत टाउको दुख्ने भएकाले बेवास्ता नगरी भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआईजस्ता परीक्षण गर्न डा. सत्यालको सुझाव छ ।

माइग्रेनका कारण टाउको दुख्ने समस्या अधिकांशमा देखिएको द जर्नल अफ हेडएकले गरेको एक अध्ययनमा देखिएको छ । नेपालमा माइग्रेन बिरामीको यकिन तथ्यांक नभए पनि टाउको दुख्ने समस्या माइग्रेनमा परिणत हुने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार टाउको दुखाई कोभिड संक्रमणको लक्षण पनि हो । भाइरसले शरिरमा आक्रमण गरेको ७२ घण्टापछि टाउको दुख्ने लक्षणहरू देखा पर्ने गर्दछ । यस्तो दुखाइलाई ब्याक्टेरियल हेडएक भनिन्छ ।

कोरोना संक्रमणमा लक्षण देखिएका कोरोना संक्रमितहरुमा गरिएको अध्ययनमा टाउको दुख्ने समस्या भएको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर