संवैधानिक नियुक्तिसम्बन्धी भोलिको सुनुवाइ स्थगित गर्न सर्वोच्चको आदेश – Nepal Press

संवैधानिक नियुक्तिसम्बन्धी भोलिको सुनुवाइ स्थगित गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालसले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको हो । संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथि आज फुयालको इजलासमा सुनुवाइ भएको थियो ।

१५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश दिएको छ। लिखित जवाफ आएको तीन दिनभित्र यस मुद्दाको पेसी तोक्न पनि फुयालको इजलासले आदेश दिएको छ ।

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

साथै संविधान र कानूनको आधारबिना प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा नबस्ने सल्लाह दिएको भए त्यसको कार्यान्वयन नगर्न परमादेश माग गरिएको छ ।

रिट निवेदनमा संवैधानिक इजलासमा संवैधानिक नियुक्तिका विवाद हेर्न नसक्ने भए कारण उल्लेख गरी सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको वृहत पूर्णइजलास गठन गरी गम्भीर संवैधानिक प्रश्नको निरुपण हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै अधिबक्ता दीपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्दा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटको सुनुवाइ पनि सोही इजलासमा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर