नर्भिकमा उपचाररत मोडल निशा घिमिरेको मृत्यु – Nepal Press

नर्भिकमा उपचाररत मोडल निशा घिमिरेको मृत्यु

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज मृत्यु भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । अस्पतालले उनको निःशुल्क उपचार गरिरहेको थियो । हिजो मात्रै पत्रकार सम्मेलन गरी अस्पतालले उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएका थियो ।

घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बनेको बताइएको छ ।


प्रतिक्रिया

One thought on “नर्भिकमा उपचाररत मोडल निशा घिमिरेको मृत्यु

Leave a Reply to bir Cancel reply

Your email address will not be published. Required fields are marked *