मधेस आन्दोलनका सहिदकी आमाले रोजिन् लोसपा – Nepal Press

मधेस आन्दोलनका सहिदकी आमाले रोजिन् लोसपा

जनकपुरधाम । पर्सामा ०७२ सालको आन्दोलनमा सहिद भएका शत्रुधन पटेलकी आमा कुसुमीदेवीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेकी छन् ।

पकहा मैनपुर गाउँपालिकाकी उपप्रमुख रहेकी उनी आज जिल्ला निर्वाचन कार्यालय वीरगञ्ज पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन् । उनी उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन संघीय समाजवादी पार्टीबाट उपप्रमुखमा विजयी भएकी थिइन् ।

०७२ असोज ३ गते संविधान जारी भएपछि त्यसको विरुद्धमा वीरगञ्जमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर उनका छोरा शत्रुधनको निधन भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर लोसपा बनेपछि निर्वाचन आयोगले दल रोज्न जनप्रतिनिधिहरुलाई सनाखत गराउँदैछ । अहिलेसम्म उपेन्द्र यादवको पार्टीबाट निर्वाचित पहिलो जनप्रतिनिधि शहिदकी आमा कुसुमीदेवी लोसपा रोजेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर