कक्षा १२ को परीक्षा ३० भदौदेखि होम सेन्टरबाट गर्ने निर्णय – Nepal Press

कक्षा १२ को परीक्षा ३० भदौदेखि होम सेन्टरबाट गर्ने निर्णय

काठमाडौं । कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

परीक्षाको रुटिनसमेत बोर्डले प्रकाशित गरेको छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *