बुधबार दुई हजार कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु – Nepal Press

बुधबार दुई हजार कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं उपत्यकामा ७१९ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २०५२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९३५ नमुना (१० हजार ६१२ पीसीआर ४३२३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार थप २० जनाको मृत्यु भएको छ । ३०३० जना निको भएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १४६, ललितपुरमा १०२ र काठमाडौंमा ४७१ जना संक्रमित थपिएका छन् ।

औषतमा संक्रमित पत्ता लाग्ने दर घटेर १५.५ प्रतिशत पुगेको छ । कर्णालीमा संक्रमित पत्ता लाग्ने दर ७७.८ प्रतिशत र प्रदेश १ मा २०.८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या ३४ हजार १८९ रहेको छ । २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । अहिलेसम्म १० हजार ७७० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर