जसपाका १४ सांसद लोसपामा खुले, ११ जनाको आजै सनाखत (सूचीसहित) – Nepal Press

जसपाका १४ सांसद लोसपामा खुले, ११ जनाको आजै सनाखत (सूचीसहित)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का ११ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् । तर उनको भने आज सनाखत नहुने बताइएको छ ।

सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए ।

अहिलेसम्म लोसपा  रोज्ने सांसदहरु

१. प्रमेश्वर साह
२. सरिता साह
३. बबिता हुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह
११. उपेन्द्र महतो

१२. जितेन्द्र सोनल
१३. अभिराम शर्मा
१४. डिम्पल झा

तीन सांसदको भोलि सनाखत हुने सांसद सोनलले बताए ।

तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका छन् ।

 


प्रतिक्रिया

One thought on “जसपाका १४ सांसद लोसपामा खुले, ११ जनाको आजै सनाखत (सूचीसहित)

Leave a Reply to Sanju Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर