माधव-झलनाथले जबज नमाने वामदेव गौतम नेकपा एसमा नजाने – Nepal Press

माधव-झलनाथले जबज नमाने वामदेव गौतम नेकपा एसमा नजाने

काठमाडौं । माधव नेपाल र झलनाथ खनालले खोलेको नयाँ पार्टीमा जाने घोषणा गरेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई एमालेले पनि जिम्मेवारीविहीन अवस्थामा राखेको छ ।

वामदेव पत्नी तुलसा थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् ।

यता गौतमले माधव नेपालसँग उपप्रधानमन्त्रीसहित गृहमन्त्री मागेको र सहअध्यक्ष चाहिने भनेको चर्चा चलिरहेको बेला गौतमले भने विचारमा कुरा नमिलेको बताएका छन् । गौतमले आफू निकट कार्यकर्तासँग जनताको वहुदलीय जनवाद नमान्ने हो भने आफू माधव नेपालसँग नजाने बताएका हुन् ।

गौतमलाई उदृत गर्दै ती कार्यकर्ताले भने- अहिले वामदेवले मन्त्री माग्यो, दुई अध्यक्ष हुनुपर्छ भन्यो भनेर प्रचार गरिएको छ । खासमा मैले जबज नमान्ने हो भने साथ दिन सक्दिन । अहिले झलनाथ र माधव नेपालले जबज त्यागेको देखियो, त्यसो हो भने उनीहरुसँग जान सकिन्न ।

गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेका छन् । गौतम एमालेभित्र जबजका पक्षधर मानिन्छन् । उनले नेकपाकालमा पनि जबजको वकालत गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “माधव-झलनाथले जबज नमाने वामदेव गौतम नेकपा एसमा नजाने

  1. हरी लगायत आफुले भनेको मान्नेहरूलाई माधवसंग पठाई सकेका छन् ।
    श्रीमतीलाई सनाखतकै लागी पठाएकै हुन ।

    यिनको नाटक बढि भयो । नमस्कार गरेर विदाई गर्दा राम्रो

  2. बामदेब बसे के गए के नेकपा को एकता भाड्ने मुख्य् ब्यक्ती नै बामदेब हो ,आफू निकट का हरि पराजुली बलराम बास्कोटा ,केसबलाल लगायत माया ग्यवाली ,धनबहादुर बुढा आफ्नी शिर्मती लाई माकुने को मा पठाएर माल दार मन्त्रालय को बार्गेनिङ हो अब बामदेब लाई एमाले बाट बिदाइ गर्दा नै बेस हुन्छ ।

Leave a Reply to Shubha Raj Pokharel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर