न्यूयोर्कका नेपालीले संचालनमा ल्याए टिभीसन्डे – Nepal Press

न्यूयोर्कका नेपालीले संचालनमा ल्याए टिभीसन्डे

न्यूयोर्क । अमेरिकामा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायले टिभीसन्डे नामक टेलिभिजन संचालनमा ल्याएका छन् । आइतबार न्यूयोर्कमा आयोजित कार्यक्रममा न्यूर्योक डिष्ट्रिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमार र न्यूयोर्कका नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले टिभीसन्डे शुभारम्भ गरे ।

टिभी सन्डेले अमेरिकी विविधतालाई समेटेर आफ्ना सामग्रीहरु प्रकासन तथा प्रसारण गर्ने बताएको छ । “बिभिन्न समुदायको मौलिक पहिचानलाई प्रवर्धन गर्दै अमेरिकी मुलधारको सामाजिक एवं राजनीतिक गतिबिधिमा आप्रवासी समुदायलाई प्रोत्साहन गर्ने हाम्रो मूल उद्देश्य हो” टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले भने ।

कार्यक्रमका प्रमुख अतिथी जेनिफर राजकुमारले टिभी सन्डेले मुलधारको मिडिया सरह सफलता पाउने कुरामा आफु विश्वस्त रहेको र यसका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

“टिभी सन्डे सबै न्यूर्योकवासीले गर्व गर्ने मिडिया बन्ने मेरो विश्वास छ” उनले भनिन् । नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले नेपाली समुदायको गतिविधिलाई अन्तराष्ट्र्रिय समुदाय माझ लैजान टिभी सन्डेको योगदान रहने विश्वास व्यक्त गरे । “नेपाली मिडियाकर्मीहरुको यो प्रयासलाई म पूर्ण सहयोग गर्ने तयार छु” उनले भनिन् ।

न्यूर्योकको फोरेष्ट हिलटावरमा स्टुडियो रहेको टिभि सन्डेको लण्डन, दोहा, मेलबर्न र काठमाण्डौमा ब्यूरो कार्यालय छन् । शुरुमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गर्ने र समयक्रममा बढाउदै लैजाने योजनाका साथ टिभी सन्डेले आफ्नो कार्यक्रम तयारी गरेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *