ट्रोए डिनेले ११ वर्षपछि वाटफोर्ड छाडे


काठमाडौं । वाटफोर्डका कप्तान टोरे डिनेले ११ वर्षपछि क्लब छाड्ने भएका छन् । ११ वर्षको बसाईमा उनले ४ सय १९ खेल खेल्दै १ सय ६० गोल गरेका छन् । र, वाटफोर्डसँधै उनको मुटुमा रहने बताएका छन् ।
३३ वर्षीय डिने गत सिजन चोटसँग लडिरहेका थिए । क्लब प्रिमियर लिगमा फर्किदासम्म पनि धेरै समय बेन्चमा बिताएका उनले थोरै समय मात्रै मैदानमा बिताउन पाए ।
उनले सम्झौता सकिन एक वर्ष बाँकी रहँदै क्लब छोड्ने निर्णय गरेका हुन् । डिने च्यापियनसिप क्लब ब्रिमिङ्घममा आबद्ध हुने अपेक्षा गरिएको छ ।
‘म मेरो नयाँ यात्रा र भविष्यका लागि धेरै उत्साहित छु । हामीले बनाएका मित्रता सम्बन्धहरू र बिगत ११ वर्षमा मैले जे हासिल गरेको छु, त्यसमा धेरै गर्व महसुुस हुन्छ । डिनेले वाटफोर्डका प्रशंसकहरूलाई बिदाई सन्देशमा भने, ‘इमान्दारीपूर्वक मेरो मन देखि भन्न सक्छु , सबैलाई म माया गर्छु र तपाईहरूले मलाई आफ्नो मनमा राख्नु भएको छ । म त्यो कहिल्यौ पनि तिर्न सक्दिन ।’
‘यो क्लब अब सँधै मेरो मुटुमा रहनेछ । मलाई आसा छ तपाइँहरूले बुभ्mनुहुनेछ कि, मैले हरेक पटक खेल्दा मैदानमा आफ्नो बेस्ट दिएको छु,’ उनले भने
‘धेरै उतार–चढाव पश्चात पनि डिनेको नाम ११ वर्षको यात्रामा वाटफोर्ड फुटबल क्लबसँग जोडिएको छ,’ हर्नेट्सका अध्यक्ष स्कट डुक्सबरीले भने ।