महोत्तरीको जलेश्वर र भंगहाका मेयरले रोजे लोसपा – Nepal Press

महोत्तरीको जलेश्वर र भंगहाका मेयरले रोजे लोसपा

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

जिल्ला निर्वाचन आयोगको कार्यालय जलेश्वर पुगेर मेयरद्वय मिश्र र साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् । मेयर मिश्र र साह तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर पछिल्लो समय जसपा विभाजित भएपछि लोसपा निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी फुटेका कारण आयोगले भदौ २२ गतेभित्र जनप्रतिनिधिलाई सनाखत गर्न भनेको छ ।

लोसपाको पक्षमा महोत्तरीका अन्य जनप्रतिनिधिहरु समेत सनाखत गराइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर