कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : चीन र अफ्रिकासहितका मुलुकमा संक्रमण भेटियो – Nepal Press

कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : चीन र अफ्रिकासहितका मुलुकमा संक्रमण भेटियो

प्रिटोरिया । कोरोनाभाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको छ । सुरुमा दक्षिण अफ्रिका र त्यसपछि अन्य मुलुकमा फैलिएको यो भेरिएन्टलाई अति संक्रामक मानिएको छ । यसको वैज्ञानिक नाम सी.१.२ राखिएको छ ।

दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज र क्वाजुलु नाटल रिसर्च इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मले यसबारे पुष्टि गरेका हुन् ।

दक्षिण अफ्रिकी वैज्ञानिकका अनुसार गत मे महीनामा यो भेरिएन्ट पहिलोपटक पुष्टि भएको थियो । त्यसपछि अगस्ट १३ सम्म यो भाइरस चीन, कंगो, इङल्यान्ड, न्यूजिल्यान्ड, पोर्चुगल, स्वीटजरल्यान्ड, मौरिससमा संक्रमण पुष्टि भएको छ ।

यो भाइरस चाँडो संक्रमण हुने र प्रतिरोधात्मक क्षमतालाई पनि चुनौति दिने जनाइएको छ । यो भेरिएन्ट अफ कन्सर्न अन्तर्गत पर्न सक्ने वैज्ञानिकहरुको भनाई छ ।

कोरोनाविरुद्ध बनेका अहिलेसम्मका एन्टीबडीबाट पनि यो भेरिएन्टले आफूलाई जोगाउन सक्ने जनाइएको छ । अन्य भेरिएन्टको भन्दा संक्रमण हुने क्षमता २ गुणाले बढी रहेको उल्लेख छ । सुरुआती चरणमा फैलिएका अन्य दुई भाइरस डेल्टा र अल्फाजस्तै यो पनि तीव्ररुपमा फैलिएको जनाइएको छ । संसारभर चलिरहेको खोप अभियानलाई पनि यसले चुनौति दिन सक्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर