कास्कीमा एमालेको समानान्तर कमिटी नेकपा एसमा समाहित – Nepal Press

कास्कीमा एमालेको समानान्तर कमिटी नेकपा एसमा समाहित

पोखरा । कास्कीमा नेकपा एमालेमा हुँदा माधवकुमार नेपाल समूहले बनाएको कास्की जिल्लाका समानान्तर कमिटी नेकपा (एस)मा रुपान्तरण भएको छ ।

धनराज आचार्यको संयोजकत्वमा गठन भएको १ सय ४७ सदस्यमा केही थपेर आज १ सय ८५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिने संयोजक आचार्यले जानकारी दिए ।

उपाध्यक्ष पद खाली राखेर नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी घोषणा हुन लागेको हो । ‘हामीले गठन गरेको समानान्तर कमिटी नै एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने अनौपचारिक सहमति भएको छ,’ आचार्यले भने, ‘हामी बिहान ११ बजे बैठक बसेर पहिलेको कमिटीमा केही थप गरेर १ सय ८५ सदस्यीय कमिटी घोषण गर्छौं ।’

कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा रहनेछन् । भदौ १० गते नै बैठक बसेर घोषणा गर्ने कार्यक्रम रहे पनि समानान्तर कमिटीका सदस्य चेतबहादुर गुरुङको निधन भएको कारण रोकिएको थियो । त्यो भन्दा अघि समानान्तर कमिटीका उपाध्यक्ष शोभाकर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

चैत १९ गते माधव नेपालले कास्कीमा धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समान्तर कमिटी घोषणा गरेका थिए । चैत २४ गते कमिटीलाई पूर्णता दिँदै १ सय ४७ सदस्यीय बनाइएको थियो । कास्कीमा भएको सबै कमिटी कोही पनि यता उता नगरी एकीकृत पार्टीमा रुपान्तरण भएको घोषणा गर्छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर