एपीवान टिभीले एमसीसीको विज्ञापन प्रशारण नगर्ने – Nepal Press

एपीवान टिभीले एमसीसीको विज्ञापन प्रशारण नगर्ने

काठमाडौं । अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनमानसमा रहेको भ्रम चिर्न भन्दै बनाइएको विज्ञापन विवादित बनेको छ । एउटा निजी टेलिभिजनले सो विज्ञापन आइन्दा प्रशारण नगर्ने जनाएको छ ।

एपीवान टेलिभिजनले एमसीसीको विज्ञापन नबजाउने घोषणा गरेको हो । सो टेलिभिजनको फेसबुक पेजमा आम दर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको उल्लेख छ ।

‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम र कानूनभित्र रहेर प्रशारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनुभएका कारण सार्वजनिक दाइित्कव पालना गरिएको जिम्मेवार संस्थाको रुपमा एपीवान व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रशारण नगर्ने निर्णय गरेको छ,’ टेलिभिजनद्वारा जारी सूचनामा भनिएको छ ।

एमसीसीको विज्ञापन पहिलोपटक एपीवान टेलिभिजनमा बजाउन थालिएको थियो । एमसीसीबारे विभिन्न अफवाहहरु फैलिएकाले सन्देशमूलक विज्ञापन बनाएर प्रशारण गरिएको एमसीए नेपालले जनाएको छ । विज्ञापनले एमसीसी परियोजना कसरी नेपालको हितमा छ भन्ने बुझाउन खोजिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर