झलनाथको आग्रह- ७० वर्षको मापदण्ड म पनि मान्छु, अरुले पनि मानौं – Nepal Press

झलनाथको आग्रह- ७० वर्षको मापदण्ड म पनि मान्छु, अरुले पनि मानौं

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् । पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको उनको भनाइ छ ।

भारतमा उपचारपछि फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले यस्तो भनाइ राखेका हुन् । उनले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुलाई पनि पालना गर्न आग्रह गरे ।

खनालले भने, ‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।’

उनले थपे, ‘(एमालेको) नवौं राष्ट्रिय महाधिवेशनमा जुन विधान निर्माण गरियो, त्यसमा सर्वसम्मतिले एउटा मापदण्ड पास गरेका थियौं । त्यो ७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ । त्यसमा हामी दृढतापूर्वक अडिनुपर्छ । अन्य नेताहरुलाई पनि त्यो मापदण्डलाई ध्यानमा राख्न आग्रह गर्छु ।’


प्रतिक्रिया

One thought on “झलनाथको आग्रह- ७० वर्षको मापदण्ड म पनि मान्छु, अरुले पनि मानौं

  1. अब पार्टीमा आफ्नो हैसियत नचल्ने भएपछि सादु बिरालो भएको हो कि ? त्यत्रो नैतिकताको कुरा गर्नेले आफ्नो उपचार खर्च क्षमताले भ्याए सम्म आफ्नै सम्पतिबाट गरि नपुग भएमा मात्र हामी जनताले तिरेको कर राजस्वमा आंखा लगाउंनु पर्ने हो । बरु मोहन चन्द्र कमल कोइरालाहरुले त यस्ता ७० बर्षेको नैतिकता देखाएका छैनन् है ।

Leave a Reply to shojhoketo Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर