पाटनको कृष्णमन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा ! (तस्बिर र भिडियो) – Nepal Press

पाटनको कृष्णमन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा ! (तस्बिर र भिडियो)

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । कोरोना भाइरस संक्रमणको जोखिमका कारण श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा नियमित पूजा बाहेक सर्वसाधारणका लागि बन्द गरिएको छ ।

तर, जाेखिमको पर्वाह नगरी मन्दिर दर्शनका लागि पुगेका श्रद्धालुहरुले मन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा गरिरहेका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी कृष्णमन्दिर परिसरमा सयौंको भीड लागेको छ । ब्रतालुहरुले मुख्य मन्दिरको बाहिर मूर्ति स्थापना गरेर लाइन बसेर पूजा गरिरहेका छन् ।

ज्ञानयोग, कर्मयोग । भक्तियोगका प्रणेता भगनाव श्रीकृष्णको जन्म भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिएको छ ।

आजको दिन पाटनको कृष्ण मन्दिर, बुढानीलकण्ठको श्रीकृष्ण मावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा–८ मा रहेको नवतनधामलगायतका तीर्थस्थलमा विषेश पूजा हुने गरेको छ । साथै कृष्ण प्रमाणीहरुका लागि यो दिन वर्षभरिकै विशेष दिन हो ।

ललितपुर महानगरपालिकाले यसअघि नै सूचना प्रकाशि गरी भक्तजनलाई पूजाका लागि अनुमति नदिने जनाए पनि ब्रतालुको भीड भने थामिनसक्नु देखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *